अक्सफोर्डका प्राचार्य इञ्जिनियर हरि भण्डारीको जन्मदिनमा आएको यो खुसी

शनिबार, १६ असार २०७५, १८ : ४९
अक्सफोर्डका प्राचार्य इञ्जिनियर हरि भण्डारीको जन्मदिनमा आएको यो खुसी


चितवन । नारायणी पुलपारि गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टका प्राचार्य इञ्जिनियर हरि भण्डारीको आज शनिबार जन्मदिन हो । जन्मदिनमा उहाँ आज फ्रान्समा हुनुहुन्छ । आफ्नो जन्मदिन मनाउन नभई कलेजले प्राप्त गरेको अन्तर्राष्ट्रिय क्वालिटी अवार्ड लिन उहाँ सहकर्मीसहित फ्रान्स पुग्नु भएको हो ।
अतुलनीय व्यावसायिक सफलता, उत्कृष्टतम नेतृत्व र क्युसी १०० गुणस्तर कायम राखेको भन्दै अक्सफोर्ड कलेजलाई आइतबार पेरिसमा आयोजना हुने एक समारोहबीच स्वर्ण वर्गीकरणको पेरिस स्टार क्वालिटी सर्टिफिकेट दिइँदैछ । यो खुसी साट्दै अक्सफोर्डका प्राचार्य भण्डारीले फेसबुकमा लेख्नु भएको छ, ‘हामी फ्रान्समा छौँ, गुणस्तर र नेतृत्वको स्वर्ण पदक लिन ।’

प्रतिक्रिया दिनुहोस