चितवनमा सबैभन्दा बढी बालिकाहरु असुरक्षित

सुरेन कुँवर

शुक्रबार, १५ असार २०७५, १६ : ३०
चितवनमा सबैभन्दा बढी बालिकाहरु असुरक्षित

चितवन । जिल्लामा ६ महिनाको अवधीमा १३ बालिका जवरजस्ती करणीमा परेका छन् । अनऔपचारिक क्षेत्र सेवा केन्द्र चितवनले सार्वजनिक गरेको पुस १७ गते देखि जेठ मसान्तसम्मको तथ्याङक अनुसार १३ जना बालिकालाई जवर जस्ती करणी ,एक बालक र बालिका माथि यौनर्दुव्यवहार भएको छ । ईन्सेक चितवनले जिल्ला प्रहरी कार्यालय चितवन ,सरकारी वकिलको कार्यालय र जिल्ला अदालत चितवनको स्रोतको आधारमा तथ्याङक निकालिएको ईन्सेक जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले जानकारी दिनुुभयो ।
जिल्लामा बालिकाहरु जवरजस्ती करणीमा पर्ने घटनामा वृद्धि हुदै गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता प्रहरी नायब उपरिक्षक शिव शर्मा आर्चायले जानकारी दिनुभयो ।“बालिकाहरु सबैभन्दा बढी आफन्तहरुबाट दुरव्यवहारमा पर्ने गरेका छन् । करणीका मुद्धामा सबैभन्दा बढी बालिकाहरु छन् ।”

६ महिनाको अवधीमा ३ जना पुरुषको हत्या भएको छ । यसबिचमा ३ जना महिला करणीमा परेका छन् भने ५ जना माथि करणीको प्रयास भएको छ । त्यसतै बेचबिखनमा १ बालिका ,३ महिलाको मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा ५ वटा बहुविवाहको मुद्धा दर्ता भएको तथ्याङकले देखाएको छ ।

इन्सेकको प्रतिवेदन अनुसार चितवन अदालतबाट १५ बर्षिय बालिकालाई यौन र्दुव्यवहार गरेको कसुरमा कालिका नगरपालिका ३ का ५१ बर्षीइ कृष्णलाल शर्मालाई ५ बर्ष कैद सजाय फैसला सुनाईएको छ ।
त्यस्तै नौ र सात बार्षिय बालिकालाई करणीगरको कसुरमा भरतपर महानगरपालिका १४ राधापुरका ७१ बर्षीय कुल प्रसाद पौडेललाई १० बर्ष कैद सजाय सुनाइएको छ ।
यसबिचमा जिल्ला प्रहरी कार्यालयमा एउटा अनौठो घटनाको उजुरी परेको छ । भरतपुर ८ गौरीगञ्ज बस्ने बर्ष ३६ का श्रीमानले २७ बर्षीय श्रीमतीलाई जवरजस्ती करणी गरेको भन्दै पीडित महिलाले विरुद्ध बैशाख ११ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी छिन् ।
आरोपीतलाई वैशाख १० गते नै प्रहरीले गिरफ्तार गरेको थियो । उनीविरुद्ध जवरजस्ती करणी अन्तरगत मुद्धा चलाइएको चितवन प्रहरीले जनाएको छ । जिल्लामा घरेलु हिंसा अन्तरगत जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा १ सय ३१ वटा  निवेदन परेको छ ।


 

प्रतिक्रिया दिनुहोस