एजेन्सी । इरानले शनिबार फेरि तेहरानस्थित बेलायती राजदूतलाई बोलाएको छ । देशव्यापी विरोध प्रदर्शनले तरंग उत्पन्न गरिरहेका बेला सरकारले तीन महिनाभन्दा कमको अवधिमा १५औँ पटक विदेशी राजदूतलाई बोलाएको हो ।
विदेश मन्त्रालयले जर्मन राजदूत हान्स युडो मजेललाई बोलाएको एकदिनपछि बेलायती राजदूत साइमन शेरक्लिफलाई बोलाएको राज्य समाचार एजेन्सी आइआरएनएले जनाएको छ ।
१० साताको अवधिमा १५ पटक पश्चिमेली राजदूतहरुलाई बोलाइएको छ । ‘यो इरानविरुद्ध अभूतपूर्व दबाबको लागि इरानी कूटनीतिको जबाफ हो’ आइआरएनएले भन्यो । २२ वर्षीया कुर्द–इरानी महिला महसा अमिनीको मृत्यसँगै सुरु भएको प्रदर्शनपछि शरक्लिफलाई पाँच पटक बोलाइएको छ ।
हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा अमिनीलाई नैतिकतासम्बन्धी प्रहरीले थुनामा राखेको थियो । उनको १६ सेप्टेम्बरमा हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युपछि तेहरानभर हिजाबविरोधी प्रदर्शन हुँदै आएको छ । इरानले प्रदर्शनलाई दंगा भन्दै प्रदर्शनकारीलाई विदेशी ‘शत्रु’ले उत्प्रेरित गरेको आरोप लगाएको छ । प्रदर्शनमा सहभागीमध्ये हजारौँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये दर्जनौँलाई मुद्दा चलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २५ मंसिर २०७९, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए