एजेन्सी । इरानले शनिबार फेरि तेहरानस्थित बेलायती राजदूतलाई बोलाएको छ । देशव्यापी विरोध प्रदर्शनले तरंग उत्पन्न गरिरहेका बेला सरकारले तीन महिनाभन्दा कमको अवधिमा १५औँ पटक विदेशी राजदूतलाई बोलाएको हो ।
विदेश मन्त्रालयले जर्मन राजदूत हान्स युडो मजेललाई बोलाएको एकदिनपछि बेलायती राजदूत साइमन शेरक्लिफलाई बोलाएको राज्य समाचार एजेन्सी आइआरएनएले जनाएको छ ।
१० साताको अवधिमा १५ पटक पश्चिमेली राजदूतहरुलाई बोलाइएको छ । ‘यो इरानविरुद्ध अभूतपूर्व दबाबको लागि इरानी कूटनीतिको जबाफ हो’ आइआरएनएले भन्यो । २२ वर्षीया कुर्द–इरानी महिला महसा अमिनीको मृत्यसँगै सुरु भएको प्रदर्शनपछि शरक्लिफलाई पाँच पटक बोलाइएको छ ।
हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा अमिनीलाई नैतिकतासम्बन्धी प्रहरीले थुनामा राखेको थियो । उनको १६ सेप्टेम्बरमा हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युपछि तेहरानभर हिजाबविरोधी प्रदर्शन हुँदै आएको छ । इरानले प्रदर्शनलाई दंगा भन्दै प्रदर्शनकारीलाई विदेशी ‘शत्रु’ले उत्प्रेरित गरेको आरोप लगाएको छ । प्रदर्शनमा सहभागीमध्ये हजारौँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये दर्जनौँलाई मुद्दा चलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २५ मंसिर २०७९, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेन्टागनद्वारा इरान युद्धका लागि २०० अर्ब डलरभन्दा बढी बजेटको माग, अमेरिकी राजनीतिमा हलचल
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी
इरानको ड्रोन आक्रमणबाट युएईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा