हेर्नुहोस्, अन्तिम १६ मा पुग्ने टिम र अबको नेपाली समय तालिका

हिरालाल आचार्य ‘डायमण्ड’

शुक्रबार, १५ असार २०७५, ०९ : ०७
हेर्नुहोस्, अन्तिम १६ मा पुग्ने टिम र अबको नेपाली समय तालिका

चितवन । रुसमा जारी विश्वकप फुटबल २०१८ काे प्रथम चरण अर्थात् समूह चरणका सबै प्रतिस्पर्धा सकिएका छन् ।  समूह जि को अन्तिम खेल बिहीबार राति सम्पन्न भएसँगै विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने टिमको छिनोफानो भएको हो ।

दाेस्राे अर्थात नकअाउट चरणका १६ देशकाे विश्वकप यात्रा अविष्मरणीय रह्याे । पहिलाे चरणमै राेचक प्रतिस्पर्धा भयाे, जहाँ जर्मनीजस्ता डिफेन्डिङ च्याम्पियन ८० वर्षे इतिहास ताेड्दै पहिलाेपटक प्रथम चरणबाटै बाहिरिए । विभिन्न देश र समयमा भएका विश्वकप छनाैट खेलबाट ३२ देश छानिएर विश्वकप भीडन्तका लागि रुस पुगेका थिए । विश्व फुटबलकाे सर्वाेच्च संस्था फिफाले ती ३२ टिमलार्इ ८ समूहमा विभाजन गरेको थियो । प्रत्येक समूहबाट दुई-दुई देश विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् ।

यसपालिको विश्वकपमा शक्तसशाली भनिएका टिम कमजाेर साबित भए भने कतिपय नयाँ टिम बलियाेसँग खेल्दै दाेस्राे चरण पुगेका छन् । अर्जेन्टिनाजस्ता चर्चित टिम समूह डी बाट मुस्किलले दाेस्राे चरण प्रवेश गरेका छन् । एसियाली मुलुकबाट जापान भाग्यले दाेस्राे चरण प्रवेश गरेकाे छ । सेनेगलसँग बराबरी स्काेर रहेकाे जापान समूह एचबाट फेयर प्लेका अाधारमा नकअाउट चरण प्रवेश गरेकाे हाे ।

समूहको विजेता र उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएका टोलीहरु

समूह ए
विजेताः उरुग्वे
उपविजेताः रसिया

समूह बी
विजेताः स्पेन
उपविजेताः पोर्चुगल

समूह सी
विजेताः फ्रान्स
उपविजेताः डेनमार्क

समूह डी
विजेताः क्रोएशिया
उपविजेताः अर्जेन्टिना

समूह ई
विजेताः ब्राजिल
उपविजेताः स्विट्जरल्याण्ड

समूह एफ
विजेताः स्वीडेन
उपविजेताः मेक्सिको

समूह जी
विजेताः बेल्जियम  
उपविजेताः इंग्ल्यान्ड

समूह एच
विजेताः कोलम्बिया
उपविजेताः जापान


समूहको तेस्रो र चौथो स्थानमा रहँदै बाहिरिएका टोलीहरु

समूह ए
साउदी अरेबिया र इजिप्ट

समूह बी
इरान र मोरोक्को

समूह सी
 पेरु र अस्ट्रेलिया

समूह डी
 नाइजेरिया र आइसल्याण्ड

समूह ई
सर्बिया र स्विट्जरल्याण्ड

समूह एफ
दक्षिण कोरिया र जर्मनी

समूह जी
ट्युनिसिया र पानामा

समूह एच
 सेनेगल र पोल्याण्ड

समूह ए
साउदी अरेबिया र इजिप्ट

समूह बी
इरान र मोरोक्को

समूह सी
पेरु र अस्ट्रेलिया

समूह डी
 नाइजेरिया र आइसल्याण्ड

समूह ई
 सर्बिया र स्विट्जरल्याण्ड

समूह एफ
 दक्षिण कोरिया र जर्मनी

समूह जी
 ट्युनिसिया र पानामा

समूह एच
सेनेगल र पोल्याण्ड

अन्तिम १६ मा कसको प्रतिस्पर्धी को ?

असार १६

    फ्रान्स विरूद्ध अर्जेन्टिना (बेलुका पौने ८ बजे)
    उरुग्वे विरूद्ध पोर्चुगल (राति पौने १२ बजे)

असार १७

    स्पेन विरूद्ध रुस (बेलुका पौने ८ बजे)
    क्रोएसिया विरूद्ध डेनमार्क (राति पौने १२ बजे)

असार १८

    ब्राजिल विरूद्ध मेक्सिको (बेलुका पौने ८ बजे)
    बेल्जियम विरूद्ध जापान (राति पौने १२ बजे)

असार १९

    स्वीडेन विरूद्ध स्वीट्जरल्याण्ड (बेलुका पौने ८ बजे)
    कोलम्बिया विरूद्ध इंग्ल्याण्ड (राति पौने १२ बजे)

प्रतिक्रिया दिनुहोस