मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे

सफल खबर संवाददाता

विहीबार, २२ मंसिर २०७९, २० : १२
मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे

मेलम्ची। मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय चरिकोटबाट आएको टोलीले पुलको सर्भे गरेको हो ।मेलम्ची तथा इन्द्रावती जोड्नका लागि ६५ मिटर लम्बाइ र पाँच दशमलव ६० मिटर चौडाइ पुलको बिहीवार सर्भे गरिएको डिभिजन प्रमुख अर्जुन सुवालले जानकारी दिए ।

फट्टेमा ८७ मिटर लम्बाइ र ७ मिटर चौडाइ पुलको पनि सर्भे गरिएको छ । विक्रम संवत् २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आमनागरिक समक्ष गरेको वाचा पूरा गर्नका लागि काम शुरू गरिएको बागमती प्रदेशपुल बन्दा मेलम्ची, इन्द्रावती र पाँचपोखरी गाउँपालिकाका नागरिक लाभान्वित हुनेछन् । तत्कालका लागि बेलिब्रिजको लागि काम शुरू गर्ने र क्रमिकरूपमा पक्की पुलको काम पनि अगाडि बढ्ने नगर प्रमुख आइतमान तामाङले बताए । फट्टे हुँदै दुवाचौर र तालामाराङबाट भटार दुवाचौर जोड्ने पुलका लागि बिहीवार सर्भे गरिएको छ ।सभा सदस्य कृष्णकुमार तामाङ समिरले बताए ।

सिन्धुपाल्चोकको २ नम्बर निर्वाचन क्षेत्रका संघीय सांसद मोहनबहादुर बस्नेतको पहलमा काम शुरू भएको तामाङले जानकारी दिए । बस्नेतले जेठ मसान्तसम्ममा बेलिब्रिज निर्माण गरिसक्ने बताएका थिए ।

पक्की पुल बाढीले बगाएपछि मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकले सास्ती भोग्दै आइरहेका थिए । 

 

प्रतिक्रिया दिनुहोस