गठबन्धनकै सरकार बन्छ : महामन्त्री थापा

सफल खबर संवाददाता

मंगलबार, २० मंसिर २०७९, १९ : ४०
गठबन्धनकै सरकार बन्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार गठबन्धनकै बन्ने बताएका छन् । विराटनगरमा गुरूराज घिमिरेको ‘बाटो बिराएको राजनीति’ पुस्तक विमोचन कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

सरकार गठबन्धनकै हुने भएतापनि अहिलेको जस्तो भने हुन नसक्ने उनको भनाइ छ । पाँच वर्ष सरकार चलाउने भन्दा पनि काम के गर्ने ? भन्ने विषयमा गठबन्धन दलहरू स्पष्ट हुनुपर्ने बताउँदै उनले भनेका छन्, ‘सरकार बनाउँदा स्पष्ट, प्रतिबद्ध र चरित्रवान नेतृत्व हुनुपर्छ ।’

शक्ति, सीमा र स्रोतको सीमितताको बीचमा अब गठन हुने सरकारले काम गर्नुपर्ने उल्लेख गदै महामन्त्री थापाले वर्तमान अर्थतन्त्र समस्याग्रस्त भइसकेकाले यसको समाधानका उपाय नखोजे देश संकटमा जाने पनि बताए ।

यसका साथै थापाले आफ्नो पार्टीका गतिला नेताको नेतृत्वमा कांग्रेसले पाँच वर्ष सरकार राम्रो चलाएमा अहिलेको जस्तै २७ प्रतिशतको नभएर ४० प्रतिशतको आकारमा पार्टी पुग्नेसमेत बताए ।

 

प्रतिक्रिया दिनुहोस