कपिलवस्तु जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप

सफल खबर संवाददाता

मंगलबार, २० मंसिर २०७९, १५ : ५६
कपिलवस्तु जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप

काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोप लागेको छ । पीडित महिलाले न्यायाधीश गिरीमाथि करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरेको आरोप लगाएकी मानव अधिकार आयोगले जनाएको छ ।

पीडित महिलाले आयोगमा आएर पटक–पटक आफूलाई करणी गरेर गर्भपतन गर्न लगाएको पनि खुलासा गरेकी छन् । सुरुमा पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध कपिलवस्तु प्रहरीमा उजुरी गरेपनि उजुरी लिन नमानेपछि उनले एक साताअघि मात्रै राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा उजुरी दिएकी थिइन् ।

त्यसपछि दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिएको थियो । मानव अधिकार आयोगले शारीरिक बन्धक बनाएर न्यायाधीश गिरीले यौन शोषण गरिरहेको उजुरी आफूकहाँ एक साता अगाडि आइपुगेपछि कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानविन गर्न निर्देशन दिएको जनाएको छ ।

यसका साथै न्यायाधीशको विषय भएकाले न्यायापरिषदलाई पनि पत्र पठाएर यसबारे अनुसन्धान गर्न आग्रह गरेका आयोगले जनाएको छ । उक्त पीडित महिला २०७५ देखि नै न्यायाधीश कार्कीसँग रहँदै आएकी थिइन् । अहिले पीडित महिलालाई मनोवैज्ञानिक परामर्श दिने काम समेत भइरहेको बताइएको छ ।

मानव अधिकार आयोग, न्यायपरिषद् सचिवालय र राष्ट्रिय महिला आयोगले समेत सोधपुछ र अनुसन्धान थालेपछि न्यायाधीश गिरी १५ दिने बिदा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस