काठमाडौं । मेलम्ची–११ का आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ । मेलम्ची बजारका व्यवसायी तथा संस्थाबाट संकलन गरिएको ४ लाख ३२ हजार ९५ रुपैयाँ आइतवार हस्तान्तरण गरिएको हो ।
गत कात्तिक ७ गते आगलागीबाट एकघरमा रहेको ४ पसल, होटल, बेकरी तथा घरमा गरी करोडौंको क्षति भएको थियो । यसपछि विभिन्न समाजसेवी, राजनीतिक दल र बजारका अगुवाका नेतृत्वमा राहत संकलन अभियान सञ्चालन गरेर सो रकम जम्मा गरिएको थियो ।
संकलित रकम घरधनी दीपक दुलाललाई १ लाख, न्यु मेलम्ची सप्लायर्सका हरिशरण श्रेष्ठलाई २ लाख १२ हजार, विजी बेकरीका प्रवीण देउजालाई ७० हजार र होटल व्यवसायी रीना गौतमलाई ५० हजार रुपैयाँ वितरण गरिएको अभियानका अगुवा सागर श्रेष्ठले जानकारी दिए ।
यसअघि मेलम्ची ब्याडमिन्टन एकेडेमीका सदस्यबाट संकलित ७० हजार र मेलम्ची नगर उद्योग वाणिज्य संघले पनि ७४ हजार प्रभावितलाई सहयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ मंसिर २०७९, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेलम्ची खानेपानी वितरण बन्द
बागमती नदीमा छाडियो मेलम्चीको पानी