एनआई सी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० जनाले फाइनल खेल सिनेमा हलमा हेर्न पाउने

सफल खबर संवाददाता

शुक्रबार, १६ मंसिर २०७९, १९ : २३
एनआई सी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० जनाले फाइनल खेल सिनेमा हलमा हेर्न पाउने

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवर्द्धनका लागि आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विश्वकपका खेलहरुको सही बिजेता अनुमान गर्नेमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई रू. ५०० देखि रू. २००० सम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था गरिएको छ ।

साथै, उक्त योजना अन्तर्गत भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गरिने बैंकले जनाएको छ । 

२० लाख पटक भन्दा बढी डाउनलोड भैसकेको बैंकको एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ ।

जसको आधारमा ग्राहकहरूले प्रत्येक खेल सुरु हुनुअघि बिजेता अनुमान गर्न सक्नेछन् ।  काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० वटा टिकटमध्ये १४० वटा ग्राहकलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस