बीग डिजिटल स्टोरको साइबर विक अन्तर्गत स्मार्ट क्युआर स्क्यानमा छुट

सफल खबर संवाददाता

शुक्रबार, १६ मंसिर २०७९, ११ : ५७
बीग डिजिटल स्टोरको साइबर विक अन्तर्गत स्मार्ट क्युआर स्क्यानमा छुट

काठमाडौँ । बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ । 

यहीँ मङ्सिर १३ गतेबाट शुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सामानहरु खरिद गर्न सक्नेछन । 

साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १०% छुट, रू. १,००० सम्म मात्र पनि प्राप्त गर्न सक्नेछन । ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्नेछन ।
 

प्रतिक्रिया दिनुहोस