गायक सुनिल गिरीले गरे विवाह

सफल खबर संवाददाता

विहीबार, १५ मंसिर २०७९, १६ : ०६
गायक सुनिल गिरीले गरे विवाह

काठमाडौं । लोकप्रिय गायक सुनिल गिरी वैवाहिक जीवनमा बाँधिएका छन् । उनले प्रेीमका अञ्जु आचार्यसँग जर्मनीमा कोट म्यारिज गरेका हुन् । उदयपुर कटारीकी अञ्जु पछिल्लो समय जर्मन बस्दै आएकी छन् । सुनील र अञ्जु विगत ९ वर्षदेखि प्रेममा रहेका थिए । सोही प्रेमलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । 

‘कार्यक्रमको सिलसिलामा केही अगाडि जर्मन पुगेको थिए । सो समय त्यही विवाह गरेका हौ’, सुनीलले भने ‘नेपाली परम्परा अनुसारविवाह गर्न बाँकी छ । त्यो पनि छिट्टै गर्छाै ।’  सुनीलले बिहीबार ‘भाग्यमानी’ बोलको आफ्नो नयाँ गीत समेत सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा गीतसँगै आफुले अञ्जुसँग विवाह गरेको जानकारी समेत दिएका छन् ।

‘भाग्यमानी’ बोलको सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘आंगालोमा हामी सम्झाउन मनछ । तिमी घरको इज्जत हो अब । खुसीले सीमा नाघेर आयो । लगनकोगाँठो बाधियो जब । ह्यापी म्यारिज लाइफ डियर वाइफ अञ्जु आचार्य ।’
 

प्रतिक्रिया दिनुहोस