बढ्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

बुधबार, १४ मंसिर २०७९, १२ : ०४
बढ्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रूपैयाँले र चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले मूल्य बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ६०० तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार १०० रूपैयाँ तोकिएको छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ९०० रूपैयाँ थियो । हिजो मंगलबार सुनको मूल्य तोलामा १०० रूपैयाँले घटेर कारोबार सुरू भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५  रूपैयाँले घटेको छ । हिजो मंगलबार तोलामा १२ सय ८५ रूपैयाँ रहेको चाँदीको मूल्य आज १२ सय ९० रूपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस