मोरङ । मोरङमा पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट मंगलबार राति एक साइकलयात्रीको मृत्यु भएको छ।
जिल्लाको कानेपोखरी गाउँपालिका–७ मा दुर्घटना हुँदा पथरीशनिश्चरे नगरपालिका-१० का ४३ वर्षीय युवराज खत्रीको मृत्यु भएको हो।
साइकलमा पूर्व-पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा पहिचान नखुलेको साधनले राति ९:३० बजेतिर साइकलयात्री खत्रीलाई ठक्कर दिएको थियो।
दुर्घटनापश्चात् गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि पथरी अस्पताल लगिएको थियो। अस्पताल लग्दाबित्तिकै चिकित्सकले मृत घोषित गरेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले बताए । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ मंसिर २०७९, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु