‘डिसेम्बर फल्स’ को पहिलो गीत सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, १३ मंसिर २०७९, १२ : १३
‘डिसेम्बर फल्स’ को पहिलो गीत सार्वजनिक

आगामी पुष १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘डिसेम्बर फल्स’ को पहिलो गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचार प्रसारलाई व्यापकता ‘फकाउनै जानिनँ’ बोलको गीत सार्वजनिक गरेको हो ।

लोकलयको शैलीमा तयार गीतमा दीपक शर्माको शब्द तथा संगीत छ, भने निशान भट्टराई र मेलिना राईले स्वर दिएका छन् । गीतको कोरियोग्राफर रामजी लामिछाने हुन् । गीतमा भिडियोमा अभिनेत्री आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको नृत्य छ । 

भक्तपुरको दरबार स्क्वायरमा छायांकन गरिएको गीतमा आर्यन उपासनाको केमेस्ट्री जमेको छ । गीतको भिडियोमा निर्माताले राम्रै खर्च गरेको सेटअप, लाइटिङ, पहिरन र कोरस डान्सरबाट अनुमान गर्न सकिन्छ ।

प्रविण झाद्वारा निर्देशित तथा महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । फिल्ममा आर्यन र उपासनाको अलवा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतको अभिनय देख्न सकिन्छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् । विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले देशभर वितरण गर्दैछ । 

 

प्रतिक्रिया दिनुहोस