प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.९३ अंकले वृद्धि

सफल खबर संवाददाता

मंगलबार, १३ मंसिर २०७९, ११ : ४५
प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.९३ अंकले वृद्धि

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९३ अंकले बढेको छ । यससँगै सूचक १९५१.३० विन्दुमा आएको छ । मंगलबार बिहान ११ बजेसम्म कुल एक हजार कित्ता सेयर खरिदबिक्री १९ कराेड बराबरकाे कारोबार भएको छ । यो सेसनमा कुल ६ वटा कम्पनीकाे कारोबार भएको सबैकाे सेयर भाउ बढेको छ। 

पहिलो चरणमै एनसिसी बैंकको एक लाख ४५ हजार बराबरको कारोबार भएकोे र दोस्राेमामा एभरेष्ट बैंक १६ हजारले वृद्धि भएको नेप्सेले जनाएको छ । १३ उपसूचकहरुमा करिब ६ कम्पनीमा मात्र वृद्धि भएको छ भने बाँकी कम्पनीको भाउमा सामान्य पनि परिवर्तन भएको छ ।

प्रतिक्रिया दिनुहोस