काठमाडौं । काठमाडौंको टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराति सवा ११ बजे बा ७४ प ५७ ५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किंदा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का २६ वर्षीय सविन कँडेलको मृत्यु भएको हो । मोटरसाइकल चालक कँडेलको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् । घाइते हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ कै २२ वर्षीय सन्देश कार्की छन् । उनको उपचार टोखास्थित ग्राण्डी अस्पतालमा भइरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
यसैगरी मोरङको बुढीगंगा गाउँपालिका १ टंकीमा सोमबार बेलुकी साढे ८ बजे को १९ प ५७४८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा बुढीगंगा २ का ५५ वर्षीय भदु राजवंशी घाइते भएका छन् । उनको उपचार विराट मेडिकल कलेजमा भइरहेको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु