रुपन्देही– ३ (ख) एमालेका तुलसीप्रसाद चौधरी विजयी

सफल खबर संवाददाता

शनिबार, १० मंसिर २०७९, १३ : ५४
रुपन्देही– ३ (ख) एमालेका तुलसीप्रसाद चौधरी विजयी

रुपन्देही । रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (२) मा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् । उनले १६ हजार ३ सय ९४ मत ल्याउँदै नेपाली काँग्रेसका रामचन्द्र ढकाललाई पराजित गरेका छन् ।

कांग्रेस उम्मेदवार १६ हजार १ सय ९३ मत प्राप्त गरेका थिए। निर्वाचन कार्यालयका अनुसार २ सय १ मतको अन्तरले पराजित गरेका हुन्। चौधरी २०७४ सालको निर्वाचनमा पनि लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस