खबरदारी जारी राखौँ, काम पनि गर्न दिऊँ : भीमार्जुन आचार्य

सफल खबर संवाददाता

शनिबार, १० मंसिर २०७९, १३ : १७
खबरदारी जारी राखौँ, काम पनि गर्न दिऊँ : भीमार्जुन आचार्य

काठमडौँ । संविधानविदु भीमार्जुन आचार्यले भर्खरै सम्पन्न आम निर्वाचनले केही खराब अनुहारलाई रोकेको बताएका छन् । उनले केही युवा र नयाँ अनुहारलाई प्रतिनिधित्व गर्ने अवसर दिएको भन्दै पराजित केही खराबहरुले अस्थिरताको अराजकताको हल्ला गर्न थालेको बताए

‘साँच्चै नै हामी विचित्रकै छौं। निर्वाचन परिणामले केही नयाँ अनुहार र युवाहरूलाई प्रतिनिधित्व गर्ने अवसर दियो,’ सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘थोरै संख्यामा भए पनि केही खराबहरू ठाउॅंका ठाउॅं रोकिए । तर, देशलाई संगठितरूपमा लुट्न र दोहन गर्न पल्केकाहरू यो परिणामले अस्थिरता र अराजकता ल्याउने भयो भन्दैछन् ।’

संसदीय शासन व्यवस्थामा ‘हंग पार्लियामेन्ट’ सामान्य कुरा रहेको बताउँदै उनले थपे, ‘सबैका अभ्यासमा यस्तो हुने गरेका छन् । प्रश्न त्यसको व्यवस्थापनको हो । खबरदारी जारी राखौं, सँगसँगै काम गर्न पनि दिऊँ ।’

प्रतिक्रिया दिनुहोस