इलाम- २ को मतगणना रोचक बन्दै, सुवास नेम्वाङको अग्रता साँघुरिँदै

सफल खबर संवाददाता

शनिबार, १० मंसिर २०७९, ११ : १८
इलाम- २ को मतगणना रोचक बन्दै, सुवास नेम्वाङको अग्रता साँघुरिँदै

काठमाडौं । प्रतितिधिसभार्फ इलाम क्षेत्र नम्बर २ को मतगणना रोचक बन्दै गएको छ । ६४ हजार १३७ मत गणना सम्पन्न हुँदा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अग्रता साँघुलिएको छ । 

नेम्वाङले २७ हजार ८१९ मत प्राप्त गर्दा कांग्रेसका डम्बर बहादु खड्काले २७ हजार ६८५ मत पाएका छन् । नेम्वाङ र खड्काबीचको मतान्तर १३४ रहेको छ । 

इलाम–२ को मतगणनामा नेम्वाङको अग्रता निरन्तर साँघुरो बन्दै जाँदा नतिजा कस्तो आउला भन्ने चासो बढेको छ । अब इलाम नगरपालिकाको मतगणना हुन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस