एजेन्सी । रुसले गरेको शृङ्खलावद्ध मिसाइल आक्रमणका कारण युक्रेनका ६० घरमा विद्युत आपूर्तिबाट वञ्चित भएका छन्। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार यो हप्ता रुसले गरेको आक्रमणका कारण हिउँदको चिसोमा सर्वसाधारण नागरिक न्यानो र प्रकाशको स्रोतबाट वञ्चित भएका हुन्।
जेलेन्स्कीले आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा भनेका छन्, ‘किएभसहितका क्षेत्रमा ब्ल्याकआउट जारी छ।’
बुधबारयता ब्ल्याकआउटबाट प्रभावित घरधुरीको संख्या आधा कम भएको राष्ट्रपति जेलेन्स्कीले बताए। तर, अझै पनि दशौँ लाख मानिस विद्युत, पानी तथा तापको स्रोतबाट वञ्चित छन्।
पछिल्लो केही हप्तादेखि रुसले मिसाइल आक्रमणको निशाना ऊर्जा केन्द्रहरू तथा आधारभूत आवश्यकताका स्रोतहरूलाई बनाएको छ। केही समय पहिले जेलेन्स्कीले यसलाई ‘ऊर्जा आतंक’ भनेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० मंसिर २०७९, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले गरेको ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थल बन्द
युक्रेनको विश्वविद्यालयमा भएको रुसी आक्रमणमा ३४ जनाको मृत्यु
युक्रेनबारे ट्रम्पका विशेष दूत र पुटिनबीच ४ घण्टा भेटवार्ता
युक्रेनमा रुसी ड्रोन आक्रमण, चार जनाको मृत्यु
रुसी पत्रकारसहित ६ जनाको मृत्यु
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका