निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूलाई प्रमाणपत्र प्रदान

सफल खबर संवाददाता

शुक्रबार, ०९ मंसिर २०७९, १६ : १४
निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूलाई प्रमाणपत्र प्रदान

लमजुङ । मंसिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सदस्यहरुलाई शुक्रबार  मुख्य निर्वाचन अधिकृतको कर्यालयले प्रमाणपत्र प्रदान गरेको छ ।

शुक्रबार आयोजित एक कार्यक्रममा बीच मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शिवप्रसाद खनालले माला लगाएर प्रमाणपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत खनालले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पुराउने सबै पक्षलाई धन्यवादसमेत दिए ।कार्यक्रममा प्रतिनिधि सभामा निर्वाचत हुने नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सत्तारुढ  गठबन्धनको तर्फबाट प्रदेश सभा क मा निर्वाचित हुने डा. टकराज गुरुङ र प्रदेश सभा ख मा निर्वाचित हुने भेषबहादुर पौडेललाई बधाई सहित निर्वाचत भएको प्रमाणपत्र प्रदान गरिएको थियो । 

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्य र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस