बर्दिया २ (ख) मा नागरिक उन्मुक्तिका चौधरी निर्वाचित

सफल खबर संवाददाता

शुक्रबार, ०९ मंसिर २०७९, १२ : २३
बर्दिया २ (ख) मा नागरिक उन्मुक्तिका चौधरी निर्वाचित

बर्दिया । बर्दिया - २ (ख)  बाट लुम्बिनी प्रदेशसभा सदस्‍यमा नागरिक उन्मुक्ति पार्टीका उम्‍मेदवार धर्मबहादुर चौधरी निर्वाचित भएका छन ।

निकटतम प्रतिस्पर्धी नेकपा माओबादी केन्द्रका उम्‍मेदवार मानबहादुर थारुलाई ९ हजार १४३ मतान्तरले हराउँदै चौधरी निर्वाचित भएका हुन ।

चौधरीले २० हजार १२७ मत पाउँदा माकेका थारुले १० हजार ९८४ मत मात्र ल्‍याए ।

प्रतिक्रिया दिनुहोस