पुर्ब गृहराज्य मन्त्री कंडेललाई हराउदै राप्रपाका उपाध्यक्ष प्रधान बिजयी

सफल खबर संवाददाता

शुक्रबार, ०९ मंसिर २०७९, ०९ : ३१
पुर्ब गृहराज्य मन्त्री कंडेललाई हराउदै राप्रपाका उपाध्यक्ष प्रधान बिजयी

काठमाडौं । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र २ को प्रतिनिधिसभा सदस्य पदमा राप्रपाका केन्द्रिय उपाध्यक्ष ध्रुब बहादुर प्रधान भारी मत ले निर्वाचित भएका छन ।

नेता प्रधान आफ्नो निकट प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुर्ब गृहराज्य मन्त्री उम्मेदवार देबेन्द्र राज कंडेललाई १५३६५ मतले पछाडी पार्दै बिजयी भएका हुन। 

नेता प्रधानले ३४ हजार ९५९ मत प्राप्त गरेकस छन भने नेता कंडेल १९ हजार५९४ मत पाएका हुन। त्यस्तै एमालेका उम्मेदवार दिपेन्द्र अधिकारीले १४ हजार ४९८ मत पाई तेस्रो स्थान सिमित भएका छन।  उक्त क्षेत्रमा कुल १ लाख २२ हजार ६८० मत रहेकोमा ८८ हजार ५२३ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस