चितवन । चितवन क्षेत्र नम्बर ३ मा अहिले मतगणना जारी छ ।
पछिल्लो मतपरिणाम अनुसार ७० हजार १८५ मत गन्दा राप्रपाका विक्रम पाण्डेले ८ हजार २५६ मतको अग्रता लिएका छन् । पाण्डेले २५ हजार ६५२ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले १७ हजार ३९६ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराललले १३ हजार १४ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र (माछा चिन्ह) का दिनेश कोइरालाले ९ हजार १७ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ९४ हजार ३७५ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, ०९ : ०२
लेखकबाट थप