धनुषा-३ बाट एमालेकी जुलीकुमारी महतो निर्वाचित

सफल खबर संवाददाता

शुक्रबार, ०९ मंसिर २०७९, ०७ : ५६
धनुषा-३ बाट एमालेकी जुलीकुमारी महतो निर्वाचित

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् ।

उनी सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन् । 

जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा अनिलले २३ हजार ६८६ मतमा सीमित भए । एमालेले यो क्षेत्रमा एकल प्रतिस्पर्धा गरेको थियो ।

लामो समय पश्चात यो क्षेत्रमा एमाले जितेको छ । जुलीलाई २०७० मा पराजित गरी निधि निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस