नुवाकोट–२ मा अर्जुननरसिंह केसीले बनाए फराकिलो अग्रता

सफल खबर संवाददाता

शुक्रबार, ०९ मंसिर २०७९, ०७ : ४८
नुवाकोट–२ मा अर्जुननरसिंह केसीले बनाए फराकिलो अग्रता

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसीले फराकिलो अग्ता बनाएका छन् । 

हालसम्म ४७ हजार ६४१ मत गनिसक्दा केसीले १९ हजार ९९७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार नारायण खतिवडा १२ हजार ३ मतका साथ पछाडि छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले ११ हजार ३८७ मत पाएका छन् । 

अब करिब १९ हजार मत गणना बाँकी हुँदा केसीको मतान्तर खतिवडासँग ७ हजार ९९४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस