धनुषा-२ मा कांग्रेसका रामकृष्ण यादव विजयी

सफल खबर संवाददाता

शुक्रबार, ०९ मंसिर २०७९, ०७ : ४०
धनुषा-२ मा कांग्रेसका रामकृष्ण यादव विजयी

जनकपुर । धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी भएका छन्।

यादवले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर अरगरिया भन्दा १५७  मत बढी ल्याएर निर्वाचित भएका हुन्। यादवले २० हजार १ सय १२ मत प्राप्त गरेका छन् भने अरगरियाले १९ हजार ९ सय ५५ मत प्राप्त गरेका छन्।  

एकीकृत समाजवादीका रामचन्द्र झा १३ हजार ६०५,जनता समाजवादी नेपालका आनन्द यादव १२ हजार ९०१ र जनमत पार्टीका हरिनरायण साह ९ हजार ९ सय ९२ मत प्राप्त गरेको धनुषा निर्वाचन क्षेत्र दुईको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस