मोरङ ५ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित

सफल खबर संवाददाता

विहीबार, ०८ मंसिर २०७९, २० : २२
मोरङ ५ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित

काठमाडौं । मोरङ ५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन् । सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनका उम्मेदवारहरुलाई हराउँदै मण्डल निर्वाचित भएका हुन् ।

एमालेले मण्डललाई टिकट नदिएपछि स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका मण्डलले २१ हजार ८ सय २० मत ल्याउँदै विजयी बनेका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवकुमार मण्डललाई ४ हजार ३३४ मतान्तरले पराजित गरेका छन् । शिवकुमारले १७ हजार ४८६ मत ल्याउँदा जनता समाजवादी पार्टीका राजकुमार यादवले १७ हजार ३ सय ९० मत प्राप्त गरे ।

 

प्रतिक्रिया दिनुहोस