बाँके–१ बाट प्रतिनिधिसभामा एमालेका सूर्यप्रसाद ढकाल विजयी

सफल खबर संवाददाता

विहीबार, ०८ मंसिर २०७९, १९ : २५
बाँके–१ बाट प्रतिनिधिसभामा एमालेका सूर्यप्रसाद ढकाल विजयी

काठमाडौं । बाँकेको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्यप्रसाद ढकाल विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका नेता गहतराज महेश्वरजंग गहतराजलाई फराकिलो मतान्तरले हराउँदै ढकाल विजयी भएका हुन् ।

वर्तमान युवा तथा खेलकुद मन्त्रीसमेत रहेका गहतराज ५३९४ मतान्तरले पराजित भएका छन् । विजयी ढकालले २५ हजार २६ मत ल्याउँदा गहतराजले १९ हजार ६३२ मत ल्याए ।

०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचन जितेका गहतराजले यसपटक चुनाव हारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस