नवलपरासी–१ बाट विनोद चौधरी विजयी

सफल खबर संवाददाता

विहीबार, ०८ मंसिर २०७९, १९ : १७
नवलपरासी–१ बाट विनोद चौधरी विजयी

काठमाडौं । नवलपरासी–१ को प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी निर्वाचित भएका छन् । उद्योगी चौधरी २३ हजार ८६१ मत पाएर निर्वाचित भएका हुन् ।

सार्वजनिक मत परिणाम अनुसार अर्बपति चौधरीले जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई पाँच हजार ६४० मतान्तरले पराजित गर्दै जित हाँसिल गरेका हुन् ।

त्रिपाठीले १८ हजार २२१ मत प्राप्त गरेका छन् । यसैगरी, तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ३४१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस