रौतहट–४ बाट कांग्रेसका तिमिल्सेना विजयी

सफल खबर संवाददाता

विहीबार, ०८ मंसिर २०७९, १५ : १५
रौतहट–४ बाट कांग्रेसका तिमिल्सेना विजयी

रौतहट । रौतहट क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका देव प्रसाद तिमिल्सेना विजयी भएका छन् । उनी ३४ हजार १६१ मतसहित विजयी भएका हुन् । 

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उद्धव प्रसाद रेग्मीले २६ हजार ५५९ मतका साथ पराजय बेहोरे । यस्तै राप्रपाका रुपलाल राय यादव २३७५ मत पाएर तेस्रो भए ।

प्रतिक्रिया दिनुहोस