अमेरिकी र्‍यापर वेस्टले २०२४ का लागि राष्ट्रपति चुनाव लड्ने

एजेन्सी

विहीबार, ०८ मंसिर २०७९, १४ : ५८
अमेरिकी र्‍यापर वेस्टले २०२४ का लागि राष्ट्रपति चुनाव लड्ने

एजेन्सी । अमेरिकी र्‍यापर कान्ये वेस्टले सन् २०२४ का लागि अमेरिकी राष्ट्रपति चुनाव लड्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार वेस्टले आफ्नो चुनावी अभियानको पुष्टि गरेका छन् ।

सन् २०२४ मा हुने राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प प्रतिस्पर्धीको रुपमा हुन् भन्ने चाहना पनि उनले राखेका छन् । साथै ट्रम्पले पनि सन् २०२४ को राष्ट्रपति चुनावका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

वेस्टले यसअघि सन् २०२० मा अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस