धनकुटाबाट राजेन्द्र राई निर्वाचित

सफल खबर संवाददाता

विहीबार, ०८ मंसिर २०७९, १४ : ४६
धनकुटाबाट राजेन्द्र राई निर्वाचित

काठमाडौं । धनकुटाबाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापालाई १ हजार ३८७ मतान्तरले हराउँदै राई निर्वाचित भएका हुन् । 

राजेन्द्रले ३० हजार १ सय एक मत ल्याए भने सुनिलले २८ हजार ७ सय ४ मत मात्रै ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस