रौतहट-१ बाट माधव नेपाल भारी मतले विजयी

सफल खबर संवाददाता

विहीबार, ०८ मंसिर २०७९, १२ : ३०
रौतहट-१ बाट माधव नेपाल भारी मतले विजयी

रौतहट । रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे ।

नेपालले ३३ हजार ५ सय २२ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याएका छन् । अघिल्लाे निर्वाचनमा एमालेबाट काठमाडाैं २ मा विजयी भएका नेपाल नयाँ दल खाेलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई राैतहट १ मा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस