चितवन- २ मा रवि लामिछानेको जित सुनिश्चित

सफल खबर संवाददाता

विहीबार, ०८ मंसिर २०७९, १० : ५७
चितवन- २ मा रवि लामिछानेको जित सुनिश्चित

काठमाडौं । चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ ।

यो समाचार तयार पार्दासम्म लामिछानेले २९ हजार २१६ मत पाइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७९ मत ल्याएका छन् ।

अब गणना हुन बाँकी मतभन्दा रविले लिएको अग्रता धेरै भइसकेको छ । केही महिनाअघि मात्र बनेको रास्वपाले ५ ठाउँमा जितिसकेको छ भने ४ स्थानमा अग्रता लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस