धनुषा- ३ मा एमालेकी जुली महतोले बनाईन् फराकिलो मतान्तर

सफल खबर संवाददाता

विहीबार, ०८ मंसिर २०७९, ०९ : ३८
धनुषा- ३ मा एमालेकी जुली महतोले बनाईन् फराकिलो मतान्तर

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) की जुली कुमारी महतोले मतान्तर फराकिलो बनाएकी छन् । 

उनले पाँच दलीय गठबन्धनबाट लोसपाका उमेदवार अनिल झालाई पाँच हजार ७३५ मतले पछाडि पारेकी छन् । 

महतोले २१ हजार २५९ मत ल्याउँदा लोसपाका झाले १५ हजार ५२४ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस