गोरखा १ (ख) मा कांग्रेसका न्यौपाने विजयी

सफल खबर संवाददाता

बुधबार, ०७ मंसिर २०७९, १३ : ०५
गोरखा १ (ख) मा कांग्रेसका न्यौपाने विजयी

गोरखा । गोरखा क्षेत्र नम्बर १ (ख) मा कांग्रेसका नन्द्रप्रसाद न्यौपाने विजयी भएका छन् । उनले १६ हजार २ सय ६१ मत ल्याएर विजयी भएका हुन् ।

न्यौपानले निकटतम प्रतिस्पर्धी एमालेका मोहन भट्टराईलाई पराजित गरेका हुन् । भट्टराईले ७ हजार ५ सय ३३ मत ल्याए । यस्तै, स्वतन्त्र उम्मेदवार डाकबहादुर पराजुलीले ३ हजार ५ सय ८८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस