पर्सामा प्रहरीलाई देखेपछि चरेस कारोबारी मोटरसाइकल छाडेर फरार

सफल खबर संवाददाता

बुधबार, ०७ मंसिर २०७९, ११ : ४७
पर्सामा प्रहरीलाई देखेपछि चरेस कारोबारी मोटरसाइकल छाडेर फरार

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–३२ टेढा स्थित सडकमा प्रहरीलाई देखेपछि मोटरसाइकलमा आएका चरेश कारोबारी भागेका छन् । 

प्रहरी टोलीलाई देख्नासाथ ना।५२ प ६०५७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकल छाडी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले मोटरसाइकल सर्च गर्दा लागूऔषध चरेश २ केजी फेला पारेको छ । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस