चितवन- २ मा रवि लामिछानेको ७५ सय बढी मतको अग्रता

सफल खबर संवाददाता

बुधबार, ०७ मंसिर २०७९, १० : १३
चितवन- २ मा रवि लामिछानेको ७५ सय बढी मतको अग्रता

काठमाडौँ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै गरेका छन्। उनले ७ हजार ६७९ मतले अग्रता लिएका हुन्।

जारी मतगणनामा लामिछानेले १५ हजार ४०४ मत ल्याएका छन्।

नेकपा एमालेका कृष्णभक्त पोखरेल ७ हजार ७२५ मत ल्याइ दोस्रो स्थानमा छन्।

यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७ हजार १३८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस