काठमाडौं- १० मा फेरि राजन केसी विजयी

सफल खबर संवाददाता

बुधबार, ०७ मंसिर २०७९, ०८ : ०६
काठमाडौं- १० मा फेरि राजन केसी विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजन केसी विजयी भएका छन् ।

उनी २०७० र २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए । 

बुधबार बिहानको अन्तिम मतपरिणामअनुसार केसी १४ हजार ४५८ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाए ।

प्रतिक्रिया दिनुहोस