काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल विजयी

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, २० : २१
काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी भएका छन् । उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।

३ हजार ७७९ गन्न बाँकी हुँदा पौडेलले ४६११मतान्तर बनाएसँगै उनी विजयी भएका हुन् । हालसम्म २५ हजार ९८७ मतमध्ये ४२ हजार २०८ मत गणना सकिसकेको छ जसमा पौडेलले १४ हजार ७७ मत प्राप्त गरेका छन् भने पोखरेलले जम्मा ९ हजार ४६६ मत प्राप्त गरेका छन् ।

अघिल्लो निर्वाचनमा पोखरेल सो क्षेत्रमा कांग्रेसका प्रकाशशरण महतलाई पराजित गर्दै विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस