रुपन्देही १ : छविलाल विश्‍वकर्मालाई अग्रता, पछ्याउँदै भूसाल

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, १६ : १४
रुपन्देही १ : छविलाल विश्‍वकर्मालाई अग्रता, पछ्याउँदै भूसाल

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर १ मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार छविलाल विश्‍वकर्माले अग्रता लिएका छन् । 

उनलाई स्वतन्त्र उम्‍मेदवार घनश्‍याम भूसालले पछ्याइरहेका छन् । विश्वकर्माले २ हजार ५ सय ४२ मत पाएका छन् भने घनश्‍याम भूसालले १ हजार ९६४ मत पाएका छन् ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले १ हजार ८ सय ७७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस