काठमाडौं- ४ मा गगन थापाको जित सुनिश्चित

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, ०९ : ४१
काठमाडौं- ४ मा गगन थापाको जित सुनिश्चित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ ।

अब गन्न बाँकी मत ४ हजार ८७१ छ । तर अहिले नै गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो ।

काठमाडौं क्षेत्र नम्बर ४ मा गगनसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस