काठमाडौं- २ मा स्वतन्त्र पार्टीका शोविता गौतमको अग्रता

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, ०८ : ०५
काठमाडौं- २ मा स्वतन्त्र पार्टीका शोविता गौतमको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले दोश्रो स्थानबाट पछ्याइरहेको छ ।

रास्वपाकी शोविता गौतमले ३ हजार ९५४ मत पाएकी छिन् । राप्रपाकी कुन्ती पोखरेलले ३ हजार २४ मत पाएकी छिन् ।

माओवादी केन्द्रकी ओनसरी घर्तीले २ हजार ८१६ मत पाएकी छिन् भने एमालेका मणीराम फुँयालले २ हजार ५७१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस