चितवन–२ : कृष्णभक्त पोखरेलको अग्रता कायमै, तेस्रो स्थानमा रवि लामिछाने

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, २० : ४३
चितवन–२ : कृष्णभक्त पोखरेलको अग्रता कायमै, तेस्रो स्थानमा रवि लामिछाने

काठमाडौं । चितवनको क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् । २८८५ मत गणना भइसक्दा एमालेका पोखरेलले १ हजार ३०६ मतका साथ अग्रता कायमै राखेका हुन् ।

उनलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९ सय ५२ मतका साथ पछ्याइरहरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् । उनले ४ सय ३९ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा १० हजार ४६८ मत खसेको थियो । जसमध्ये राति ८ बजेसम्म २ हजार ८८५ मत गणना भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस