कञ्चनपुर २ मा एनपी साउदको अग्रता

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, २० : ४१
कञ्चनपुर २ मा एनपी साउदको अग्रता

काठमाडौ । कञ्चनपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले सुरुवाती अग्रता लिएका छन् । कृष्णपुर नगरपालिकाको १ नम्बर वडाको मत गणना सम्पन्न हुँदा साउदले ११८ मतले अग्रता लिएका हुन् । 

उक्त वडामा खसेका ३ हजार २ सय मध्ये साउदले १ हजार ३२७ मत पाएका छन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले १ हजार २०९ मत ल्याएका छन् ।  

२०७४ को निर्वाचनमा पनि साउद र धामीबीच प्रतिष्पर्धा भएको थियो । उक्त निर्वाचनमा धामीसँग साउद पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस