नेमकिपाको गढ भक्तपुर-१ मा राप्रपालाई अग्रता

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, १३ : ३९
नेमकिपाको गढ भक्तपुर-१ मा राप्रपालाई अग्रता

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को गढ मानिने भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता लिएको छ । भक्तपुर -१ मा जारी प्रारम्भिक मतगणनामा राप्रपाका भरतबहादुर खड्काले अग्रता लिएका हुन् । 

हलो चुनाव चिन्हसहित निर्वाचनमा होमिएका खड्काले ३५९ मत ल्याएका छन् ।  यस्तै, एमालेका नवराज गेलाल ३५६ मतसहित दोस्रो स्थानमा छन् । नेमकिपाका प्रेम सुवाल २९२ मतसहित तेस्रो स्थानमा छन् ।

माओवादी केन्द्रमा सुनिल गोठे २०२ मतसहित चाथो स्थानमा छन् । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट नेमकिपाका उम्मेदवार प्रेम सुवालले निर्वाचनमा विजय हासिल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस