सानदार जितसहित नामिविया चौथो स्थानमा उक्लियो

सफल खबर संवाददाता

शनिबार, ०३ मंसिर २०७९, १९ : ४१
सानदार जितसहित नामिविया चौथो स्थानमा उक्लियो

काठमाडौँ। आज नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को १०९औं म्याचमा पपुवा न्युगिनीविरुद्ध घरेलु टोली विजय भएको छ । 

पपुवा न्युगिनीले दिएको १०८ रनको लक्ष्य नामिवियाले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । यसअघि पपुवा न्युगिनी ३८.५ ओभरमा अल आउट हुँदा १०७ रन बनाएको थियो  । 

जितसँगै नामिविया चौथो स्थानमा उक्लिएको छ । लिग डिभिजन-२ मा सर्वाधिक ३६ खेल खेलेको ओमान शीर्षस्थानमा छ भने पपुपा न्युगिनी पुच्छरमा छ ।

प्रतिक्रिया दिनुहोस