भक्तपुरमा ट्याङ्करले ठक्कर दिंदा बालकको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०३ मंसिर २०७९, १३ : १९
भक्तपुरमा ट्याङ्करले ठक्कर दिंदा बालकको मृत्यु

काठमाडौं । भक्तपुरमा ट्याङ्करको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । रामेछापको सुनापाती गाउँपालिका-४ घर भई भक्तपुरको ब्यासी बस्ने ७ वर्षीय बिवेश तामाङको मृत्यु भएको हो ।

झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको ट्याङ्करले भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुल नजिक आज बिहान १० बजे बा५ख ९१४२ नम्बरको ट्याङ्करले ठक्कर दिएको हो ।ट्याङ्करको ठक्करबाट सख्त घाइते भएका तामाङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले बालकलाई ठक्कर दिने ट्याङकरका चालक कमलबिनायकका सिताराम पक्का नेवारलाई नियन्त्रणमा लिएको छ ।घटनाको अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको  छ ।

प्रतिक्रिया दिनुहोस