धनगढीमा सेफ्टी ट्याङ्कीमा खसेर बालकको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०१ मंसिर २०७९, २० : ३१
धनगढीमा सेफ्टी ट्याङ्कीमा खसेर बालकको मृत्यु

धनगढी । धनगढीमा शौचालयको सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–१५ शान्तीकटान बस्ने अमर सार्कीका दुई वर्षीय छोरा धिरज सार्कीको आफ्नै घर नजिक रहेको सेफ्टी ट्याङकीमा खसेर मृत्यु भएको हो । 

सेफ्टी ट्याङ्किमा खसेर घाइते भएका बालकको उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस